Friday, April 22, 2022

निजामती कर्मचारीले पाउने बिदा।

खरिदार, ना.सु. तथा अधिकृत तयारिका लागि

७१. निजामती कर्मचारीले पाउने बिदाः 

निजामती कर्मचारीहरूले देहायका बिदाहरू तोकिएबमोजिम पाउने छन्ः

(क) भैपरी आउने र पर्व बिदा,
(ख) घर बिदा,
(ग) बिरामी बिदा
(घ) प्रसूति बिदा,
(घ१) प्रसूति स्याहार बिदा
(ङ) किरिया बिदा,
(च) अध्ययन बिदा,
(छ) असाधारण बिदा






७१क. बेतलबी बिदा : (१) कुनै निजामती कर्मचारीको पति वा पत्नी विदेशस्थित नेपाली राजदूतावास वा कुनै नियोगमा खटिई गएमा त्यस्तो निजामती कर्मचारीले तोकिएबमोजिम बेतलबी बिदा पाउनेछ ।
(२) उपदफा (१) बमोजिमको बिदाको अवधि निजको सेवा अवधिमा गणना गरिने छैन ।

७१ख. सञ्चय कोष र बीमा बाहेक अन्य कुनै सुविधा नपाउनेः (१) यस ऐनमा अन्यत्र जुनसुकै कुरालेखिएको भए तापनि दफा ६१ को उपदफा (२) बमोजिम सेवाबाट बर्खास्त भएको निजामती कर्मचारीले दफा ३१ बमोजिमको कर्मचारी सञ्चय कोषको रकम र दफा ४०क. बमोजिमको बीमा बाहेक यस ऐन बमोजिमको अन्य कुनै पनि सुविधा पाउने छैन ।
(२) दफा ६१ख. को उपदफा (३) बमोजिमको बिबरणबाट कुनै निजामती कर्मचारीको सगोलको पति वा पत्नीले स्थायी आवासीय अनुमति प्राप्त गरेको देखिएमा स्थायी आवासीय अनुमति लिएको त्यस्तो निजामती कर्मचारीको पति वा पत्नीले दफा ३१ बमोजिमको कर्मचारी
सञ्चय कोषको रकम र दफा ४०क. बमोजिमको वीमा बाहेक यस ऐन बमोजिमको अन्य कुनै पनि सुविधा पाउने छैन ।

७२. अधिकार प्रत्यायोजनः (१) नेपाल सरकारले यस ऐनबमोजिम आफूलाई प्राप्त अधिकारहरू नेपालराजपत्रमा सूचना प्रकाशन गरी सोही सूचनामा तोकिएको निजामती कर्मचारी वा अधिकारीलेप्रयोग गर्न पाउने गरी प्रत्यायोजन गर्न सक्नेछ ।
तर ऐनबमोजिम प्राप्त अधिकारहरू यस ऐनबाहेक अन्य ऐनबाट प्रत्यायोजन गर्न सकिने छैन ।
(२) यस ऐनबमोजिम कुनै अधिकारीलाई प्राप्त अधिकार आफ्नो सामान्य रेखदेखमा रहीप्रयोग गर्ने गरी निजले आफूमुनिका निजामती कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।

७२क. व्यवस्थापन परीक्षणः लोकसेवा आयोगको कार्यक्षेत्रभित्रका विषयहरू बाहेक सामान्य प्रशासन मन्त्रालयले नेपाल सरकारका विभिन्न निकायहरूमा कार्यरत निजामती कर्मचारीले प्रचलित कानूनतथा अन्य प्रशासकीय नियम र कार्यविधिहरू पालन गरे नगरेको सम्बन्धमा सुपरिवेक्षण, अनुगमनर मूल्यांकन गरी निर्देशन दिन र त्यसरी सुपरिवेक्षण गर्दा कुनै निजामती कर्मचारीउपर विभागीयकारबाही गर्नुपर्ने देखिएमा सो समेत सिफारिस गर्न सक्नेछ र सोको वार्षिक प्रतिवेदन नेपालसरकारसमक्ष पेश गर्नेछ ।

७३. निजामती सेवामा पुनः कायम भएमा तलब र भत्ता पाउनेः (१) कुनै निजामती कर्मचारीलाई निजामती सेवाबाट अवकाश दिने, हटाउने वा बर्खास्त गर्ने गरी भएको आदेश अदालतबाट रद्द भई निज निजामती सेवामा पुनः कायम भएमा त्यस्तो कर्मचारीले निजामती सेवाबाट अवकाश दिइएको, हटाइएको वा बर्खास्त गरिएको मितिदेखि निजामती सेवामा पुनः कायम भएकोमितिसम्मको तलब, भत्ता चाडपर्व खर्च र तलब वृद्धि पाउने भए सो समेत पाउनेछ ।
(२) सम्वत् २०५० साल जेठ ४ गते अघि निजामती सेवाबाट अवकाश दिइएकोहटाइएको वा बर्खास्त गरिएको निजामती कर्मचारीले सो मिति पश्चात् भएको अदालतको आदेशद्वारा निजामती सेवामा पुनः कायम भएमा त्यस्तो कर्मचारीले पनि उपदफा (१) बमोजिम
तलब, भत्ता र तलब वृद्धि पाउनेछ ।

७३क. निजामती कर्मचारीहरूको पीरमर्का, गुनासो र सुनुवाइको व्यवस्था : (१) निजामती कर्मचारीले यसऐन वा प्रचलित कानुनबमोजिम अन्यत्र उजुरी वा पुनरावेदन गर्न पाउने व्यवस्था भएकोमा बाहेकयो ऐन र यस ऐनअन्तर्गत बनेको नियमबमोजिम प्रदान गरिएका सेवा, सर्त, सुविधा र कर्मचारीसँग सरोकार राख्ने कुनै पनि विषयमा आफूलाई मर्का परेको छ भन्ने लागेमा वा सोसम्बन्धमा सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि कारबाही नभएमा निजले आफूलाई परेको पीरमर्का तथा गुनासो तोकिएको निकायसमक्ष तोकिएबमोजिम राख्न सक्नेछ ।
(२) निजामती कर्मचारीहरूको पीरमर्का, गुनासो र सुनुवाइसम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुनेछ ।

७३ख. कर्मचारी कल्याण कोषको स्थापना र सञ्चालन : (१) निजामती सेवाका बहालवाला कर्मचारीअवकाश प्राप्त व्यक्ति र निजको परिवारको सदस्यको कल्याणको लागि तोकिएबमोजिमकोकल्याणकारी कोष स्थापना गर्न सकिनेछ ।(२) उपदफा (१) बमोजिम स्थापित कोषको सञ्चालन तथा व्यवस्थापन तोकिएबमोजिम हुनेछ ।

७३ग. राजप्रासाद सेवाका कर्मचारीसम्बन्धी व्यवस्था : (१) यो ऐन प्रारम्भ हुदाका बखत राजप्रासाद
सेवामा कार्यरत कर्मचारीहरूको प्रशासन र व्यवस्थापन छुट्टै नियमावलीद्वारा गरिनेछ ।
(२) राजप्रासाद सेवा ऐन, २०२९ र सो अन्तर्गत बनेका नियमहरू खारेज गरिएका छन् ।

७४. बरबुझारथ गर्नुपर्नेः कुनै पनि निजामती कर्मचारीले आफूले बुझाउनुपर्ने नगदी, जिन्सी वाकागजात तोकिएको म्यादभित्र सम्बन्धित कर्मचारीलाई बुझाई दिनुपर्ने छ र बुझ्नुपर्नेले पनि सोही म्यादभित्र बुझी लिनुपर्ने छ ।

७५. नियम बनाउने अधिकारः यस ऐनको उद्देश्य कार्यान्वयन गर्नको लागि नेपाल सरकारले सबैनिजामती सेवाहरूमा सामान्य रूपले लागू हुने वा बेग्लाबेग्लै सेवा वा समूहको लागि पृथक रूपले लागू हुने नियमहरू बनाउन सक्नेछ ।

७६. खारेजी र बचाउः (१) नेपाल निजामती सेवा ऐन, २०१३ खारेज गरिएको छ ।
(२) नेपाल निजामती सेवा ऐन, २०१३ र सो ऐनअन्तर्गत बनेका नियमहरूबमोजिम गरिएका काम कारबाहीहरू यसै ऐनबमोजिम भए गरेका मानिने छन् ।

 

 


No comments:

Post a Comment

Celebrating Dasain: Nepal's Grand Festival of Triumph

Dasain, also known as Dashain, is one of the most significant and widely celebrated festivals in Nepal. This Hindu festival spans 15 days an...